Thursday, June 26, 2014

गजल राम्रो

लेउ लाग्दा आँगनमा, खुर्की हिंड्दा राम्रो
छेउ लाग्दा दोबाटोमा, फुर्की हिंड्दा राम्रो

दिंदा जस्तो लिंदा राम्रो, किन हुन्थ्यो सधैं
फेरी फेरी मागे भने, लुर्की हिंड्दा राम्रो

चेपारे र छेपारेको, कुरा बुझ्नै गाह्रो
चिल्लो चाप्लो घस्न थाले घुर्की हिंड्दा राम्रो

बिगाहा र महलको, सप्ना देख्दै गर्नु
पाउदा आफ्नो नाममा, धुर्की हिंड्दा राम्रो

केही गर्छु भन्दा सधैं, भयो भने बन्द
राहदानी बोकी अब, तुर्की हिंड्दा राम्रो 

---------------
लुर्की - लरक्क परेर
धुर्की - धुर्को जग्गाको सानो रुप
तुर्की - तुर्किस्तान

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...