Thursday, June 26, 2014

गीत गाउँबेशिमा मायालुको

मंसिरमा लहलह, धान झुले पछी 
चन्द्रमा झै टहटह,आन खुले पछी

जेठको आरु मिठो असारको हिलो
कार्तिकमा ढकमक फुल फुले पछी

गाउँबेशिमा मायालुको, मनरुन थाले
परदेशीले सम्झनामा याद भुले पछी

मालश्री र सनाइँको धुन अशोजमा
पिंग खेल्दै चहचह,रङ्ग घुले पछी 

हिउँदको भकारीमा बाली हुले पछी
पोखुँ यो मनको बह बारी डुले पछी 

गाउँबेशिमा मायालुको, मनरुन थाले
परदेशीले सम्झनामा याद भुले पछी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...