आज
पुलेसो अन
लाइनमा प्रकाशित
¨मृत्यु
उद्घोस्¨ ब्लग
(बिचार)मा
पत्रकार प्रतिमा
सिलवालले लेख्नु
भएको बिचारहरु
पढेर म
निकै बेर
सोचमग्न भए,शिर्शक देखेर
लाग्यो कोही
आफ्नो मृत्युको उद्घोस्
गर्दै छ
तर होइन
रहेछ,त्यहा
त अनगिन्ती
मृत्युहरुको
महाभेला हुदो
रहेछ।
विश्वको
एक मात्र
हिन्दूरास्ट्र,बिश्व सम्भार कर्ता श्री
आराध्य देब
महादेव पशुपतिनाथको
पाउ, आर्यघाट,
बागमती तटमा
रहेको ब्रम्हनाल
सबैको मृत्यु या
भनु पार्शिव
शरीर त्यहा
पुगोस र
पुग्ने चाह
सबैको हुन्छ।
प्रतिमाजी ले कल्पनामा हराएर लेख्नु
भएको थिएन,न कतै
ठमेलको कुनै
क्याफेमा बसेर
कफिको सुर्को
सँगै त्यसदिनमा
प्रकाशित पत्रीकाको
चाङ् अगाडि
राखेर नै
लेख्नु भएको
हो। शायद
सधैं झै
असाहाय बुढी
आमाहरु सँग
केहीबेरको भलाकुसारीमा रमाउन जानु भएको
थियो होला
या कुनै
प्रसँगमा। तर उहा आँफै मृत्युले फुकेको
आगोको धुँवामा
रुमल्लिएर भावना बग्नुभयो। देख्नु भयो,सहनु भयो
रुनु भयो
पनि। त्यसैले
आज म
पनि हराए
उहाको लेख
सँगै। झोला
बोकेर गएको
छोरो, बाकसमा
बरफको ढिक्को
बनेर आएको
मृत्यु,सानो उमेरमा
देहलीला समाप्त
भएको मृत्यु, जन्म
सँगै निश्चित
भएर आएको
मृत्यु,,आखिर जे
जसरी आए
पनि, आखिर
मृत्यु
मृत्यु
नै रहेछ,
रुवाउँदो रहेछ,
भुलाउँदो रहेछ
केहीक्षण भएपनि।
हो म
आज त्यसरी
नै भुलेँ
मृत्यु
उद्घोस् मा।
कही दफ्नाइन्छन्
मृत्यु
कहीं बिद्धुतिय
प्रबिधी बाट
सकाइन्छ यो
¨मायाको दुनियाँ¨। जीवन
हो अन्त्य
त छ
नै, तैपनि
रेगिस्तान बाट ल्याइेका मृत्युहरुको
जस्तो पिडा
अरुको नहोला,,जुन मृत्यु सँग
सपना जल्छन्,
चाहना जल्छन्,स्वदेशका नभनु
यहाँ धेरै
थोक जल्छन्।
पिताम्बरले
सजिएर आउछन्
मृत्युहरु
जहाँ, हरिया
बासका घनाहरुमा
कुश र
बाबियोले बांधिएर
आउछन् र
यसरी आउने
मृत्यु
स्वाभाबिक नै माने पनि काठ
र आल्मुनियमको
बाक्सा भित्र
बरफ बनी
आएका मृत्यु असहज
लाग्छन आर्यघाटमा।
आखिर किन
आउँदैछन् यसरी
नेपालीका मृत्युहरु? हो
यही थियो
आज मलाई
धेरैबेर अल्मलाएको
तथ्य, प्रश्न
अनि ....
कम्प्युटरको
स्क्रिनमा पढ्दा पढ्दै म त निकै गहिराइमा
पुगी सकेको
रहेछु,आफै
पनि धुवामा
रुमाललिएको रहेछु। धेरै पटक एक्लै
र बिदेशी
साथीहरु सँग
स्लेशमान्तक बनका म्रिगहरु जिस्काउदै बागमती
तटमा जलिरहेका
नेपालीहरुको धुवा र गन्धमा नहराएको
त होइन
तर आज
किन किन
अर्कै महशुस
भयो। त्यहा
धेरै कुराहरु
लुकेको पाएं
लुकाइेको पाएं।
त्यसैले त
खोतल्दै गए
खोतल्दै गए,,आर्यघाटको किनारमा
आँफैलाई देखे,,बागमती तर्फ
खुट्टा र
पशुपतीनाथको मन्दिर तर्फ शिर राखी
अन्त्यस्टी गरिदै छ मेरो,,झसँग
हुन्छु सायद
यो भाग्य
आउने नै
छ। ढुक्क
हुन्छु तर
सम्झन्छु यो
बिरानो मुलुक,सात समुन्द्र
पारी, छुट्टै
सन्स्कार छुट्टै
रिवाज कल्पनामा
हराउदा हराउदै
यथार्थताको दरो झापडले ब्युझाउँछ। उकुस
मुकुस भएर
आउछु,छाती
गरुङो भएर
आउछ, सिथिल
हुन्छु,कोकाकोलाको
बोत्तलमा भएको
पानी पिउछु।
निकै गहिराइमा
पुगेको भन्ने
बल्ल भान
भएर आउछ।
पुरा पढिसकेको
हुन्न त्यसैले
फेरी पढ्न
थालछु,,
काल
अमुर्त हुन्छ
भन्थे,, हन्श
उड्छ भन्थे
खै के
उड्यो धुवामा,,काठ पराल
घ्यु तिल
अनी नासित
जीवन एउटा
नमिठो गन्ध
छोड्दै उड्यो,,म , मेरो
मन, चित्त
पनि केही
बेर त्यही
धुवामा नै
रुमल्लियो। अकाट्य छ मृत्यु,अनिबार्य छ
मृत्यु,
उदय पछीको
अस्ताउनु जस्तै
केबल फरक
छ त
बरण,म्रित्यु
बरण। धुलोमा
मृत्यु
धुवामा मृत्यु तर
आज मेरो
अगाडि एस्तो
मृत्यु
जलिरहेको थियो
जुन मृत्यु आफ्नो
बास भन्दा
धेरै पर
कुनै रेगिस्तानको
धुपमा बरण
गरेको थियो,,। कती
भाग्यमानी छन कुनै मृत्युहरु
जो आज
अहिले आराद्यदेब
पशुपतिनाथको पाउमा (आर्य घाटमा) जलेका
छन्,शायद
त्यसैले होला
यहाँ जल्ने
लोभ कसलाई
हुँदैन र?
मेरो हजुर
बुवा हुन
या कबी
बाल कृष्ण
सम:, एउटा
छुट्टै अनुभुती
हुन्छ भन्छन्,
यो बागमतीमा
अस्तु सेलाउदा,
जहाँ मृत्यु त्यहा
धुवा अस्तु
अनी तथास्तु
जिन्दगीको,,बाजा बजाएर आउँदैन भन्छन्
तर एक
नाशको शन्खको
ध्वनिमा गुन्जिदै,ढ्यांग्रोमा धड्किदै,शब बाहानको
बिरशिलो हुइँ
हुइँ आवाज
अनी आफन्तहरुको
क्षणिक शायद
रुवाबासी र
कोलाहलमा सँगै
आर्यघाटमा मृत्युहरु आइरहे आइरहे,शायद सबैको
बाटो नै
यही हो,
चित्त बुझ्छ
बुझ्दैन तर
समयले त्यस
दिन आफ्नो
बासस्थान फर्की
भन्दै थियो
मलाई। ....
ब्युझन्छु
आफ्नै बिरानो
कोठामा आँफैलाई
पाउछु।
जेष्ठ
३१ शनिबार
स्पेन
No comments:
Post a Comment