Wednesday, June 18, 2014

गीत मेरी बुलबुलको

रुप राम्रो बोली त्यस्तै मेरी बुलबुलको
श्रीपेच झै जुरो उस्तै, मेरी बुलबुलको

फुरफुरफुर हांगा बिंगा, तिम्रो संसार
श्वेत कन्ठ स्वर सुस्तै मेरी बुलबुलको

रंगहरुकी रानी तिमी, इन्द्रेणीले डाह
चरी की परी दुरुस्तै, मेरी बुलबुलको

डाली डाली फुलहरुमा घुमी रमाउने
फुल्मैबसी रस चुस्तै, मेरी बुलबुलको

तिमी झै स्वतन्त्र भै उड्न मन लाग्यो
बनाई त्यो गुँड जस्तै, मेरी बुलबुलको  
 

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...