कहिं कतै शब्दहरुमा
हराएं झै लाग्छ
लेखें यीनै
शब्दहरुमा डराएं झै लाग्छ
एकान्त नै प्यारो
मलाई भिड देखी टाढा
भेटें उहिँ
शब्दहरुमा कराएं झै लाग्छ
उतार चढाव जिन्दगीका
सहनु नै पर्यो
आफ्नै घाऊ शब्दहरुमा
चराएं झै लाग्छ
शिखर चुम्ने
अभिलाषा छाती भित्र राख्दै
सँग सँगै शब्दहरुमा,
झराएं झै लाग्छ
सडक गल्ली सपनामा
बर्बरायो भन्छन्
आँफै लाई शब्दहरुमा
अराएं झै लाग्छ
No comments:
Post a Comment