Thursday, June 5, 2014

गजल कमाउनु त कमायौ तर

बिदेशको चस्काले, कमाउनु त कमायौ तर
स्वदेशको झस्काले नराम्रो रोग समायौ तर

घरकी को याद पराइले साँझ मेट्छिन भन्दै
जिन्दगीको कमाई उनि लाई नै थमायौ तर

शुक्रबारको रात त साथीभाई म्यारिज खेल्दै
आफ्नै घर डेरा जहाँ, मेहफिल जमायौ तर

जहाज चढी सात समुन्द्र मर-भुमि को तातो
साहूको ऋण भन्दा फिल्पिनो सँग रमायौ तर

दिनभरिको थकान त्यो रातभरीको नशा साथी
काममा भोलि पल्ट, जिर्ण शरीर कमायौ तर






No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...