Thursday, June 5, 2014

गजल कमाउनु त कमायौ तर

बिदेशको चस्काले, कमाउनु त कमायौ तर
स्वदेशको झस्काले नराम्रो रोग समायौ तर

घरकी को याद पराइले साँझ मेट्छिन भन्दै
जिन्दगीको कमाई उनि लाई नै थमायौ तर

शुक्रबारको रात त साथीभाई म्यारिज खेल्दै
आफ्नै घर डेरा जहाँ, मेहफिल जमायौ तर

जहाज चढी सात समुन्द्र मर-भुमि को तातो
साहूको ऋण भन्दा फिल्पिनो सँग रमायौ तर

दिनभरिको थकान त्यो रातभरीको नशा साथी
काममा भोलि पल्ट, जिर्ण शरीर कमायौ तर






No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...