Wednesday, June 4, 2014

कबिता बेमत्लबका महोत्सवहरु



कबिता
बेमत्लबका महोत्सवहरु !!

लाग्छ, भित्तामा झुन्ड्याइेका
पात्रोहरु लाज मान्न थालिसके
गोल रातो घेराका दिवशहरुले
फलामे किलाहरु गलिसके,
तर, थपिन छाडेका छैनन्
हर साल नयाँ उत्सबहरु
कागजी क्यालेन्डरहरुमा।

भन्न मनलाग्छ कि,
बर्षका दिनहरु बढाऊ
हैन भने क्यालेन्डरहरुमा
दिवस,उत्सव, घटाऊ
किन कि थेग्न छाडिसक्यो
यो देशले बग्रेल्ती दिवशहरु
धान्न छाडिसक्यो गरुँग्गा पन्नाहरु
फलामए किलाले पनि।

शैक्षिक,आर्थिक सामाजिक उपलब्धिहरु
नितान्त सुन्य भएका बेला
नैतिक मुल्य र मान्यताका बिऊ
सिलो खोज्दा पनि नपाईने बेला
किन मनाउदै छौं? हामी
यती धेरै दिवशहरु,
मयलपोस् दौरा सुरुवालेहरुले मात्र
मनाउने महोत्स्वहरु
सिंह दरबार,बालुवा टार,
कथित महलहरुमा मनाइने
अनगिन्ती उत्सबहरुले
किन रङ्गाउन पर्‍यो पात्राहरु?

बिभिन्न तन्त्रहरु,
बिखन्डित पर्वहरु
बेमतलबका दिवशहरु
जुन पर्वहरु को स्वाद
न नेपालीहरुले चाख्न पाए
न देख्न नै पाए,

बेमतलब मनाईएका महोत्सबहरु
तथास्तु,

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...