Tuesday, June 24, 2014

गजल कोही बने जाहिल

तिम्रो मुस्कानमा कती घायल भए यहाँ
नागबेली चालमा कयौं घायल भए यहाँ

थाक्यो दुनियाँ पर्खेर, तिम्रो एक ईशारा
एकोहोरो प्रेममा, सयौं कायल भए यहाँ

शिरको ताज कतै, कतै ताज महल नै 
पदचाप छोडेर, गयौ, पायल भए यहाँ

साहिल बने कोही,त कोही बने जाहिल
तिम्रै महलको देख्यौ, टायल भए यहाँ

दिउँसै सपना देख्नेहरु, आज बस्तिमा
आगमन तिम्रो, देख्यौ गयल भए यहाँ  



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...