Thursday, June 26, 2014

मन्दिरको ढोका बाट, किन फर्कन्छ मान्छे

गजल

मन्दिरको ढोका बाट, किन फर्कन्छ मान्छे
देवताको रिश पोखी, किन झर्कन्छ मान्छे

बलीपूजाको बिरोध, टिका लाउन्न रातो
दलिनको फोटो च्याति, किन चर्कन्छ मान्छे

भगवानले सुन्न छाडे, भन्छ छाती पिटी
शिरको अक्षेता पुछी, किन जर्कन्छ मान्छे

महाभारत पढ्यो पनि, बुझ्यो चाणक्य निती
बिदेशीको छोरो बोल्दा, किन थर्कन्छ मान्छे

निरपेक्ष चाहिएन, कराउँदै छ मान्छे   
मन्दिरको ढोका बाट, किन फर्कन्छ मान्छे

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...