Wednesday, June 11, 2014

जय नेपाल !

यो नमस्कार र सत्कार रही रहोस् हजुर
यो भेट्घाट जनता सँग रही रहोस् हजुर

यस पटकको एक भोट्, हजुरको नाममा
खाएका यी बाचा कसम रहि रहोस् हजुर 

चार तारे झन्डा हेरी रुखमा छाप ड्याम्म
कानुन छिट्टै देशमा बनि रही रहोस् हजुर

बिकाष हुँदै जान्छ बरु शान्ती हाम्रो माग 
संघियतामा, सिंगो राष्ट्र रही रहोस् हजुर 

पहिलेकाले ढांटे हजुर, फेरी यस्तो नहोस्
शुभकामना सगै साबधानी रही रहोस् हजुर!  

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...