Wednesday, June 4, 2014

कबिता कुलेसोमा पुलेसो बनाउदै



 28 may. 14
.कबिता

कोतर्दै छु गोरेटाहरु जीवन लक्षका,
मरुभुमिमा मरुद्ध्यान खोजे जस्तै
आशाका त्यान्द्राहरुमा झुन्डदै
थुप्रै सपना मरिसके,तै पनि
सपना देख्न छाडेको छैन,
एक यस्तो अभिलाषा जिन्दगीको 
घिटघिटिको दोसाँदमा
अझै पनि तुर्लुङ झुन्डिएकोछ
त्यसैले, हो त्यसैले
जमर्को गर्दै छु,
खडेरिमा नजोतिएका डल्लाहरु
समयको डल्लेसोले फुटाल्दै छु,
भुल्न र भुलाउन बिर्सिसकेका
जीवन अन्तरङ्गहरुमा
एक अर्को तरङ्ग प्रस्फुटित गर्न
खोतल्दै छु
यीनै पाटनहरुमा ईनार
खोस्रदै छु भुतभुते खरानी
केही रापिलोको लागि
ना´की ओसिन नपाओस
थोरै जिजिबिसाहरु।

कहिले अक्षहरुमा
कहिले शब्दहरुमा
कोर्दै छु मेट्दै छु,
बलजफ्ती पढ्दै छु,
धमिलिएका भाबहरु,तिनै डोबहरुमा
विश्वाश उडेको छैन अझै
भरोशा र आस्थाका
म र मेरा जस्तै अनुहारहरु सँग
त्यसैले,

कोपर्दै छु संघर्शका मैदानहरु
नङ्ग्रा खियाउदै,

धिप्धिपे बत्तिहरुमा तेलको
जोहो गर्दैछु,
आफै पेलिएर हुन्छ कि थिलिएर
थप्दै छु तेल,निभ्न दिएको छैन।
सोहोर्दै छु घसेटाहरु रात ताप्नको लागि
त्यही रापमा रात रात जाग्नको लागि

फोर्दैछु पहराहरु अड्चनका
कतै लक्षका गोरेटाहरु नठोक्किउन भनी
हो अनी आँफै निकै
घोरिदै छु, नियाल्दैछु
बिगत र बर्तमानका
जीवन गोरेटाहरु,
केही अन्तर त छन्
अझै भिन्नान्तर पार्न खोज्दै छु

बलेँसिका चुलेसिका धारहरु फड्कदै
कुलेसोमा पुलेसो बनाउदै
अघि बढ्दै छु ।।।

कोतर्दै छु गोरेटाहरु जीवन लक्षका,
मरुभुमिमा मरुद्ध्यान खोजे जस्तै
आशाका त्यान्द्राहरुमा झुन्डदै
थुप्रै सपना मरिसके,तै पनि
सपना देख्न छाडेको छैन,

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...