Wednesday, June 4, 2014

याद गजल



मेट्छु भन्थें शब्दकोशमा आज त्यही चाहियो
बेकार किन भनें जोशमा आज त्यही चाहियो !

लाइयो माया जवानीमा मुहार राम्रा खोजी
छोडियो सैयौ दुरी कोशमा आज त्यही चाहियो !

कहिले भुल्न पिएं साथी कहिले सम्झन पनि
सजाय दिएं आफ्नो दोशमा आज त्यही चाहियो !

रौनक त्यस्तै माहोल उस्तै कल्पनामा ति दिन
होशमा भन्दा´नी बेहोशमा आज त्यही चाहियो !

मुर्ख बन्दैछ यो आफन्त जानी जानी आज किन
भन्नु बिँदी भन्यो रोशमा, आज त्यही चाहियो !

२८ में २०१४,
१२:१० ए एम
बुधवार,

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...