Sunday, June 8, 2014

केही समसामयिक हाइकुहरु

&
सम्हालिएन
यो बैंश आज पनि 
फुरुरु उड्यो त!
!
चंगा त माथि
लट्टाइ हातमा छ
धागो काटियो!
"
पैतला जल्यो
विश्वाश लागेन त
आफैं जल्नेको!
#
युद्द जित्यौ र
मर्ने त मान्छे नै हो
मान्दिन म त!
&
धुँवा कि धुलो
आखिर तिम्रो ज्यान
तिम्रै बिचार !
=
सकिन ज्युन
नपिई प्यालाहरु 
संघर्षका नै!
¿
आफ्नै बन्चरो
आफ्नै खुट्टामा हान्ने
हुतिहारा रे।
??
झुसिल किरा
पुतली झैं उड्ला त
लार्भा कुहियो! 
@
मन स्वदेश
तन बिदेश तिर
नेपालीहरु!
/
पक्कै बन्दैन
एेन कानुन हेर्नु
यस्तो चालाले!









 

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...