Monday, June 16, 2014

गजल जिन्दगीको जुवा

भेट्न खोज्दा माथि माथि सिमलुको भुवा
जिते पनि हारें साथी, जिन्दगीको जुवा

नदी छेउ बास आफ्नो, रही रहें प्यासी
सुक्यो आज कस्तो घाती जिन्दगीको कुवा 

आफुँ जलें बदनामी मा, खरानी छैन
भित्र भित्रै जल्यो राती,जिन्दगीको रुवा

छिमेकीले मिठै माने,आफ्नो भाग रित्तो
बन्न जाती बांड्नै पर्‍यो, जिन्दगीको पुवा

भेट्न खोज्दा माथि माथि सिमलुको भुवा
जिते पनि हारें साथी, जिन्दगीको जुवा

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...