Wednesday, June 4, 2014

गजल मुटु पो दुख्यो साथी



पल्टिएछ खिल कतै मुटु पो दुख्यो साथी
अल्झिएछ दिल कतै मुटु पो दुख्यो साथी

कांडा खोज्दै थिएं उप्काउनलाई त्यो खिल
भत्किएछ डिल, कतै मुटु पो दुख्यो साथी 

सिम्सारै जाल हान्न जांदै थिएं कुनै साँझ
पुरिएछ झिल कतै , मुटु पो दुख्यो साथी

सिनेमाको पर्दा जस्तै किन हुन्थ्यो जीवन
चुंडिएछ रिल कतै , मुटु पो दुख्यो साथी  

पल्टिएका खिलले, निल डाम पार्दै गए
बल्झिएछ दिल कतै मुटु पो दुख्यो साथी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...