Wednesday, June 4, 2014

गजल मुटु पो दुख्यो साथी



पल्टिएछ खिल कतै मुटु पो दुख्यो साथी
अल्झिएछ दिल कतै मुटु पो दुख्यो साथी

कांडा खोज्दै थिएं उप्काउनलाई त्यो खिल
भत्किएछ डिल, कतै मुटु पो दुख्यो साथी 

सिम्सारै जाल हान्न जांदै थिएं कुनै साँझ
पुरिएछ झिल कतै , मुटु पो दुख्यो साथी

सिनेमाको पर्दा जस्तै किन हुन्थ्यो जीवन
चुंडिएछ रिल कतै , मुटु पो दुख्यो साथी  

पल्टिएका खिलले, निल डाम पार्दै गए
बल्झिएछ दिल कतै मुटु पो दुख्यो साथी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...