Wednesday, June 25, 2014

गजल कबिता नजरको

ओढ भो घुम्टो आज, धेरै जले यहाँ
अर्का के कुरा आज, आँफै ढले यहाँ

एक झलक तिम्रो, दर्शन के मिल्यो
निभेका दिप आज, त्यसै बले यहाँ

एक से एक सुन्दरी, भिडमा तिमी
पिएनन् सुरा आज, यसै गले यहाँ

गाए गजल त्यो, कबिता नजरको
निम्ता बिना नै आज,उसै चले यहाँ

नआउ है अब, फेरी यो शहरमा
मदहोशी ले आज आँफै जलें यहाँ

ओढ भो घुम्टो आज, धेरै जले यहाँ
अर्का के कुरा आज, आँफै ढले यहाँ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...