Wednesday, June 18, 2014

गजल राँको सल्के पछि

आज फेरी मुटु दुख्यो घाऊ बल्के पछि 
बल्ल मैले चाल पाएं आँशु छल्के पछि

अनुभुत कस्तो कस्तो, मुटु भरी पिडा
प्यारा लागे मधुशाला साँझ ढल्के पछि

अतितमा हराउंछु, सम्झी रातो टिका  
पुर्णिमाको पूर्णचन्द्र झुल्की टल्के पछि

सारांस छैन जिन्दगी, अर्थ खोजुं कहाँ
लुकीलुकी तिम्रो फोटो चुम्न पल्के पछि

निभ्न गार्हो ज्वाला दन्क्यो शुल उठ्यो ठुलो
जिउँदै थिएं लाश बनें, राँको सल्के पछि

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...