कोही भुकेछन्
कतै कोही चुकेछन् पनि
उडाई परेवा,
आँफै लाई थुकेछन् पनि
सुटबुटको रहर
हल्लाउदै देशको झन्डा
आरती भन्दा
पहिले नै लुकेछन् पनि
तैँले हैन मैले
ल्याएको गणतन्त्र भन्दै
पत्रिकामा भेटें
साँझ बांणी फुकेछन पनि
सात बर्षको
पुनरावलोकन आँफै गरी
बिना पश्चाताप
छिमेकमा झुकेछन् पनि
आयो गयो रे
टुंडिखेलमा भेटिएन कतै
सहिदका आत्मा
परिवार दुखेछन् पनि
No comments:
Post a Comment