Friday, June 13, 2014

गीत करुवाको पानी तिर्खा मेटाउने

कल कल करुवाको पानी तिर्खा मेटाउने
सल सल जरुवाको पानी तिर्खा मेटाउने !

रातो टिका निधारमा छन्छन् चुरी हातमा
पल पल याद आउ नानी तिर्खा मेटाउने !

देख्या छैन तर पनि अप्सरा नै भुलाउने
झल झल ती आँखाका नानी तिर्खा मेटाउने !

गोरो मुहार दन्त लहर लामो छ´नी केश
टल टल मायाकी छौ खानी तिर्खा मेटाउने !

सुन्दरताको बयानमा, उपमा के दिउँ खै
तल तल गुन्यु लाउने बानी तिर्खा मेटाउने !

1 comment:

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...