Friday, June 20, 2014

गजल माया मारेर लियौ

खारेर लियौ माया झारेर लियौ
सग्लो हृदय मेरो फारेर लियौ

माली बनेर मन सम्हाल्यौ कतै
बगान छेक बार, बारेर लियौ

बस!लिनु नै थियो र त तिमीले
कहिले काही झारा, टारेर लियौ

कस्तो पासा फ्याक्यौ बुझ्न सकिन 
जितेर हैन आज, हारेर लियौ

सारेर लियौ कतै उखेल्यौ पनि
कसरी मार्यौ माया, मारेर लियौ



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...