Monday, June 30, 2014

गजल धड्किन्छ्यौ तिमी

गजल धड्किन्छ्यौ तिमी 

कुरो सुन्नु होइन त्यसै, कड्किन्छ्यौ तिमी
दोश ढाक्न त होला उसै, भड्किन्छ्यौ तिमी

सुन्दरताको अहम् अनि बैन्सको घमण्ड
देखिन है मैले त खासै, रड्किन्छ्यौ तिमी

उम्लनुको पनि त सिमा हुन्छ पोख्यौली बरु
पिंध तातेको हुन्न जसै, छड्किन्छ्यौ तिमी 

रिष, इर्श्याको त मुहान, बोकेर आयौ हिजो
सुकेको उखु बिना रसै, पड्किन्छ्यौ तिमी

आखिर टुना मुना खै केहो¨श्री¨को मुटु भित्र
देब्रे पाटो छातीमा तसै, धड्किन्छ्यौ तिमी !!

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...