¨अनुहार किताबको¨ भित्तामा
पिडा पोख्छ, रुन्छ, हास्छ एक्लै एक्लै,
नितान्त बन्द कोठा भित्र,मुग्लानी उ,
स्वतन्त्रताको अभिनय गर्छ
शब्दहरुमा,,,
कथित समाजमा परिवर्तनका झिल्काहरु
दासत्व बिरुद्द आवाजहरु बुलन्द पार्न खोज्दै
कम्मर होइन मुट्ठी कस्दै छ
कोठे कबी अक्षरहरुमा,
कसैको बेवास्तालाई बेवास्ता गर्दै
लागि परेको छ,
जब टायर बालिन्छ कायरहरुको देशमा,
अनी सल्बलाउछन उस्का औलाहरु
कहिले रक्तिम भएर उदाउछ
कहिले गुलाब भएर फक्रन्छ
कोठे कबी,
हालाकी उ एक्लो छैन
तर पनि उ एक्लो छ
स्थापित असत को जरो खोताल्न
के थाहा, कालान्तरमा उ कतै बिलाउने पो हो कि
विश्वस्त छ उ,
उ बिलाए पनि बिलाउने छैनन्
उस्का हरफहरु,ह्र्स्वदिर्घका अनुच्छेदहरु।
उ,
यथार्थताका बिम्बहरु खोज्छ
बिद्रोहका नाराहरु खोज्छ
त्यती मात्र होइन उ,
आफन्ती सँग पैठेजोरी खेल्छ
आफ्नै अस्तित्व र अधिकारको लागि
कोही उसलाई पागल सम्झन्छन्
कोही भाबुक त कोही के,
तर,
उ निरन्तर आँफैमा
घोत्लिरहन्छ, जुझिरहन्छ
कतै अबमुल्यन हुन्छन्
उसका भावनाहरु
नाम चलेकाहरु माझ
कतै प्रतिकृया र अन्तरकृयामा
हुँदैनन् उसका कबिताहरु
काममा जलेकाहरु माझ ।
कहिले मायामा घात कहिले प्रतिघातका
धुनहरु बज्छन उसका गीतहरुमा
यस्तो लाग्छ , हो न हो उ नै
¨मुना मदन¨ र ¨पिग्मालिओन्¨का
पात्र हो,
यस्तै छ दिन चर्या
कोठे कबी र उसका माहोलहरु
..........................
७ बैशाख,२०७१
आईतवार, स्पेन
No comments:
Post a Comment