Monday, June 23, 2014

Dedicated to Ms. Nelly

ति तिम्रा सपना अझै मरेका छैनन्
डालीका कोपिला अझै झरेका छैनन्

दुखिहरुको आशु पुछ्ने तिम्रा रुमाल
चाहना यी सारा अझै हरेका छैनन् 

प्रक्रिती तिम्रै, मुस्कानहरु गालाका
बेलीचमेली नेली अझै डरेका छैनन्

अटल तिम्रो विश्वाश दृढ छ संकल्प
पहाड जस्तै छन् अझै सरेका छैनन्

आशा हौ तिमी आस्थाकी श्रीजना हौ  
नेपाली सपना, अझै टरेका छैनन्

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...