Tuesday, June 17, 2014

गजल स्वदेशमै फैलाई झोली


धेरै होइन साँचो बोली, दिउँला जिन्दगीमा
फाटे उध्रेका ढाका चोली सिउँला जिन्दगीमा

धनको थुप्रो हैन सानु , मनको शिखरमा
महल सम्झी आफ्नै खोली जिउँला जिन्दगीमा 

मेला पात लेक बेंसी, साँझ बिहानमा सधैं
ल्याउँला पानी नुन घोली पिउँला जिन्दगीमा 

बासमती र झिनुवाको, नभए नि रातमा
गिठा भ्याकुर राख पोली लिउँला जिन्दगीमा

नजाउ भन मलाई बिदेश लोभ डाह छाडी 
स्वदेशमै फैलाई झोली जिउँला जिन्दगीमा

श्रीभक्त पौडेल ¨आफन्त¨

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...