Tuesday, June 17, 2014

गजल न आगोले जल्दो रैछ

न आगोले जल्दो रैछ न पानीले भिज्दो रैछ
बल्ल आज थाहा पाएँ, जवानीले किच्दो रैछ

आकाशको जुन तारा , टपक्कै टिपें भन्नेहरु
केले थिच्यो छाती भन्थें दिवानीले थिच्दो रैछ

कोही रोए गजलमा, कोही रोए कबितामा
किन रोयो कापी सोच्थें रुमानीले मिच्दो रैछ

श्याम श्वेत तस्बिरमा , जिन्दगीका कथाहरु
कसले खिच्यो फोटो भन्दा बेमानीले खिच्दो रैछ

अंगालोको तकिया यो, बिहानीमा भिज्छ सधैं 
साँच्चै आज आँफै जानें,बेमानीले भिज्दो रैछ

पिरतीको बन्दकीमा, मायालुको सहि छाप
केले भिज्यो लालपुर्जा, जमानीले भिज्दो रैछ

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...