Tuesday, June 17, 2014

गजल न आगोले जल्दो रैछ

न आगोले जल्दो रैछ न पानीले भिज्दो रैछ
बल्ल आज थाहा पाएँ, जवानीले किच्दो रैछ

आकाशको जुन तारा , टपक्कै टिपें भन्नेहरु
केले थिच्यो छाती भन्थें दिवानीले थिच्दो रैछ

कोही रोए गजलमा, कोही रोए कबितामा
किन रोयो कापी सोच्थें रुमानीले मिच्दो रैछ

श्याम श्वेत तस्बिरमा , जिन्दगीका कथाहरु
कसले खिच्यो फोटो भन्दा बेमानीले खिच्दो रैछ

अंगालोको तकिया यो, बिहानीमा भिज्छ सधैं 
साँच्चै आज आँफै जानें,बेमानीले भिज्दो रैछ

पिरतीको बन्दकीमा, मायालुको सहि छाप
केले भिज्यो लालपुर्जा, जमानीले भिज्दो रैछ

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...