Wednesday, June 4, 2014

कबिता सिलसिलाहरु



 सिलसिलाहरु

हिजो देखे भोगे जस्तै
सुरु हुँदैछ सिलसिलाहरु
हलो रुखको जरामा अड्काएर
गोरु पिट्ने हलीहरुको
महान पर्व ।

निहुँ चाहियो बस्,
बिरोध,असहमत
¨नोट अफ डिसेन्ट्¨
यो यस्तो सिलसिला हो,
जुन गती रोकिने छैन
यस पाला पनि 
बिगत इतिहाँस केलाएर हेरे हुन्छ
लक्षण सुरु हुँदैछ,
यस महान पर्ब को,

न सुन्छन्, न सुनाउछन्
बेअर्थका गाली र तालीको
स्रिंखला यस्तो लाग्छ,
अनन्त काल सम्म चल्नेछ
चली रहनेछ,
आफ्नो धरातल बिर्सिएर
कर्तब्य र अधिकार भन्दा
बाहिर गई अर्को नाटक
मन्चन गर्दैछन्।
कथा पटकथा सम्बाद
पात्र सुत्राधार सबै आँफै भएर।

खान नपाएकाको आक्रोश
टुक्राउन नपाएकाको आक्रोश
अल्पमतमा परेकाको आक्रोश
बाहिरका भित्र आउन नपाएकाको आक्रोश
भित्रका बाहिर जान नपाएकाको आक्रोश

आक्रोशै आक्रोश रोशै रोश
बिच सुरुहुन जादैछ
यो महान पर्ब,
जात्रा होइन माहाजात्रा
बर्षैभरिको गाइजात्राको
उत्सब सुरु हुँदैछ,

हेर्दै जाऔं !

अबरुद्ध अबरुद्ध अबरुद्ध
अब तपाईं हाम्रो कानले
बस यही सुन्न पाउनेछ
त्यही देख्न पाउनेछ,,

लाज सरम पचिसकेका गोरुहरु
न बाँझो जोत्छन्,
न दाँई नै गर्छन्
बस गरीब किसानको
भकारी रित्ताउँदै
छिमेकिको बारीमा गोब्र्याउँछन्

दारा उदाउंछन सिंग तिखार्छन्,
आफु आफु जुध्छन्,
खनी लगाएको बालीको सत्यनाश !

न हली, न गोरु
न हलो न बारी
छिन्न बिन्न पार्दै
फेरी अर्को महोत्सवको
तयारीमा जुट्छन्, !

हिजो देखे भोगे जस्तै
सुरु हुँदैछ सिलसिलाहरु
हलो रुखको जरामा अड्काएर
गोरु पिट्ने हलीहरुको
महान पर्व । 

30 may. 14

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...