Wednesday, June 4, 2014

गजल देश कसरी चल्छ हजुर ?



कोही छ यहाँ बताई दिने देश कसरी चल्छ हजुर
छैन एेन अदालतमा , केस कसरी चल्छ हजुर?

अपाङ्ग हुँदै गा´छ सरकार मैदानको घोडा जस्तै 
यस्तो बेलाँ बिरोध मात्रै परिबेश कसरी चल्छ हजुर?

प्रतिपक्ष अबरुद्धमा मस्ती, सत्तापक्ष त कठै बरा 
युवा शक्ती बिदेश तिर स्वदेश कसरी चल्छ हजुर?

दौरा सुरुवाल र पटुकी बिर्सी टाइ सुट कसे पछी
लौ त देश अनुसारको , भेस कसरी चल्छ हजुर?

हर पाइलामा ठेस लाग्छ हर गासमा ढुङ्गा हजुर  
लौन मलाई बताइ दिनुस् देश कसरी चल्छ हजुर??

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...