Wednesday, June 4, 2014

गजल देश कसरी चल्छ हजुर ?



कोही छ यहाँ बताई दिने देश कसरी चल्छ हजुर
छैन एेन अदालतमा , केस कसरी चल्छ हजुर?

अपाङ्ग हुँदै गा´छ सरकार मैदानको घोडा जस्तै 
यस्तो बेलाँ बिरोध मात्रै परिबेश कसरी चल्छ हजुर?

प्रतिपक्ष अबरुद्धमा मस्ती, सत्तापक्ष त कठै बरा 
युवा शक्ती बिदेश तिर स्वदेश कसरी चल्छ हजुर?

दौरा सुरुवाल र पटुकी बिर्सी टाइ सुट कसे पछी
लौ त देश अनुसारको , भेस कसरी चल्छ हजुर?

हर पाइलामा ठेस लाग्छ हर गासमा ढुङ्गा हजुर  
लौन मलाई बताइ दिनुस् देश कसरी चल्छ हजुर??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...