Tuesday, June 3, 2014

भाग्दैछु अनि भोग्दैछु

भाग्दैछु अनि भोग्दैछु
तक्दिर आफ्नो ठोक्दैछु !

जिन्दगीको गोरेटोमा
आँफै लाई नै टोक्दैछु !

भेटे जती गधा यहाँ
सास्टाङ्ग पो ढोग्दैछु !

जोख्दैछु सपनाहरु
पोल्टो च्यातेर पोख्दैछु !

बोक्दैछु भारी जिवन
जानी नजानी खोक्दैछु

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...