Tuesday, June 24, 2014

गीत हल्का हल्का

यो साँझको हावा कस्तो हल्का हल्का
यो हातको नशा जस्तो छल्का छल्का 

खुला आकाश, न्यानो मौसम, एक्लो
माया होकी याद उस्तो झल्का झल्का

निस्ठुरीले, छाड्दा, बिर्सने कसरी
अनायश चस्का पस्तो बल्का बल्का 

दुख्ने मुटु, पोल्ने छाती, रात पर्‍यो
पिउनै पर्‍यो,यो सस्तो, हल्का हल्का

यो साँझको हावा कस्तो हल्का हल्का
यो हातको नशा जस्तो छल्का छल्का 


ब्लक ब्लक = बल्का बल्का

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...