Monday, June 23, 2014

डर गजल

आज टिका टाला, भोलि नचिन्ने पो हुन् कि
हैन! काका साला, भोलि नबोल्ने पो हुन् कि

जे जे होला होला, भनि चुनाव जितायौं है
सुके पछि माला, भोलि नगल्ने पो हुन् कि

तीन महिनामा, आफ्नो क्षेत्र आए सम्झिएर 
होला कस्तो चाला, भोलि नभन्ने पो हुन् कि

लेख्छु कानुन, राख्छु शान्ती, सपथ खाएर
बाचा खेर जाला, भोलि नलेख्ने पो हुन् कि

युवा शक्ती बन बिदेश, छिर्न नपरोस ल
बैरी देशै खाला. भोलि नदेख्ने पो हुन् कि ??

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...