Sunday, June 22, 2014

हराएको पात्र



कबिता
...........
हराएको पात्र

महाभारतको युद्ध चल्दै गर्दा
अर्जुन कृष्ण हराए यहाँ
सकुनीको चाल बड्दै गयो,
युद्ध रोकिने छांट्कांट् देखिन छाड्यो ,,
प्रहार माथि प्रहार चल्दै गयो।

चौध बर्षका लागि बनबास गएका
राम,लक्ष्मण,शत्रुघ्न हराय
दरबार बाट खराउ हराए,
जुन बेला यहाँ निती संस्कार
चाहिएको ,चाणक्य हराए,
जंगलबाट द्रोणचार्यको मुर्ती संगै
एकलब्यको धनुस् हरायो,,
हो धेरै थोक हरायो यहाँ
पात्र हराए साधन हराए,
सुन्दैछु लुम्बिनिबाट बुद्ध हराए,
गोरखाबाट राम शाह हराए
दुधको मिलिमतो चेपेबाट
दुधका धारा हराए,
हराउदै छन् दश गजाका खम्बाहरु
मन्दिराका ढोका गजुरहरु।  
यार्सा संगै हराएका छन्
केही जिन्दगीहरु,

समग्र राष्ट्रको अस्तित्व
एक आधार एक भरोशा हरायो
हिमालयको कोख बाट
शिवको ज्योतिर्लिङ हरायो,
राजनीतिबाट बाद बिम्ब हरायो
नागरिकहरु बाट कर्तब्य हरायो,
अधिकार हरायो,
रारा तिलिचो बाट शान्ती हरायो

हामी नेपाली भाई भाई नारा हरायो,,
त्यसैले शक्ती हरायो,
धन कमाउन गएको छोरो हरायो
घास काट्न गएको छोरी हराई
देबकोटाको यात्री हरायो
समको ईच्छा हरायो
भुपीको छोरी,लौरो,
मानचित्र सबै हरायो ,,,

त्यसैले चिन्तित छु आज,
कतै विश्व मानचित्र बाट
हाम्रा रगतका रेखाहरु नहराउन,
शिरको टोपी, खुकुरी नहराउन
नेपाली नेपाल भित्रै नहराउन,,
आउनुहोस् प्रण गरौं
बाकि सिमित केही पात्र जोगाउन
बांचिखुचेका साधन श्रोत
जोगाउन,,जागौं
एक मुठी प्राण रहुन्जेल,
नत्र भन्न सकिदैन
तपाईं हराउदै हुनुहुन्छ
आँफैलाई ।।।।

तथास्तु
श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन
अषाढ् गते आईतवार,२०७१






No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...