Saturday, June 28, 2014

देवता होइनौ नारी

देवता होइनौ नारी
..............

स्विकार्छ संसार तिम्रो ममता लाई सलाम
अपार सहन, तिम्रो क्षमता लाई सलाम

आमाको रुप सृस्‍टि तिम्रो, पोल्टोमा छ
अतुलनिय छौ यो महानता लाई सलाम

देक्दिनौ भिन्न रती संतती आफ्नै हुन्
अपूर्ब क्षमाशील, समानता लाई सलाम

आन्चल तिम्रो आकास छत्र छायामा छु
आधार हौ धान्ने त्यो लता लाई सलाम

नारी हौ नारित्व पुजिन्छ धर्तिमा सदा
देवता होइनौ नारी उदारता लाई सलाम

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...