Tuesday, June 24, 2014

गीत गैह्री खेत टारैमा

गीत
(लय बिश्राम सहित)
असारै लाग्दा/ मन मेरो रोयो/ पुरानो मायाले
नयाँले छाड्दा /मन फेरी रोयो /पुरानो मायाले

बिउका मुठा, हिलोमा डुबाई, पछ्यौरी भिजाको
असारे झरि, भुल्यौ कि माया,पछ्यौरी भिजाको

कसरी भुल्नु, दब दबे हिलो, मेलापात गएको
बाउसे तिमी, रोपाहार कान्छी मेलापात गएको
 
दही चिउरा, कुम जोडी खाँदा, गैह्री खेत टारैमा
असारै भरी, मेला पात जाँदा, गैह्री खेत टारैमा

घुम र स्याखु, बिर्सेंर गएँ म, छेल परें छातामा
ढल्कायौ छाता, निहु पायौ छुने,छेल परें छातामा

त्यो ठाडे भाका, सुनेर साइँली, मन मेरो रोएथ्यो
दियौ नी रुमाल, बुनेर कान्छी, मन मेरो रोएथ्यो

बिउका मुठा, हिलोमा डुबाई, पछ्यौरी भिजाको
बिर्सेंको छैन, मनको राजाले, बेस्सरी गिजाको

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...