Saturday, June 14, 2014

बैसाखी



बैसाखी

त्यो पनि भांचिएको,
सहारामा घिस्रिरहेछ
एउटा जिउँदो मान्छे
हो ऊ जिउँदो छ,किन कि चलेको छ
उसको हर चाल जिबित लाग्छन्
न उसका प्रतिस्पर्धी छन्
न ऊ कुनै दौडमा भाग लिइरहेको छ,
खोक्छ थुक्छ खकार्छ
लाग्छ उसको पनि फोक्सोमा दाग छ,
पुरानो दिर्घ रोग बोकेर
जिर्ण शरीरमा एउटा भारी बोकाएको छ
अनि संघर्शरत छन् उसका बैसाखीहरु,
चर्को धुप र खडेरिमा असिन पसिन छ
तर ऊ सकि नसकी
आफ्नो भारी सुम्सुमाउन खोज्छ,
असहज लाग्ने बोलीमा खै के
ऊ बर्बराउछ, चिडचिडापन देखाउछ
अनि धकेल्छ जिर्ण शरीर
भांचिएको बैसाखीको सहारामा
घिसार्छ बोकेको पोको।

यस्तो लाग्छ त्यो पोकोमा नै
उसको ढुकढुकी छ
उसको आमाको अस्तु छ त्यहा
त्यसैले कसैलाई छुन दिदैन
ऊ बिना कसैले छुन पाउदैन,

थाहा छैन अझै कती घिस्रिनु पर्ने हो
त्यो जिउँदो मान्छे, त्यो जिर्ण शरीर
सुन्दै छु, ठुलो बिरासतको मालीक हो ऊ
तर धौ भएको छ उसलाई आज
त्यही बिरासत धान्न
किन कि साथ पाएको छैन उसले
ढोके,माली सुशारे बागैंचे
कसैको पनि,
अशक्त बुढो शरीर
अपाङ्गता अनि भाचिएको बैसाखी ,,

सबै भन्दा अचम्म त
उसका अघिपछी देखिने दुश्मनहरु
कोही जिस्काउदै छन्
कोही ङिच्याउदै छन्
छिर्किनी हान्ने दाउमा कोही
कोही भाचिएको त्यो बैसाखी
अझै भाच्ने पर्खाइमा छन्।

कठै,,छाडे हुन्थ्यो त्यो पोको कतै
बसे हुन्थ्यो,यो संसारको बैराग्य भन्दा पर
तर जादैन त्यो कतै
छाया मानबको
साया मानबको
दृष्‍टि कमजोर हुँदैछन्
भ्रमित हुन्छ आँफै
भ्रामित पार्छन् उसलाई
अरु जिवितहरु,,,

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...