Tuesday, July 1, 2014

चार मुक्तक

किन जान्थे सागर छाल उठ्दैन भने
सफल हुन्न कोही जाल उठ्दैन भने
नगर अाइन्दा भो स्वाभिमानका कुरा
राजनितिमा, झेल-झाल उठ्दैन भने

तिर्खामा पानी दियनौ, नदेखाउ दहिका कतरा अब
लाग्दैछ तिम्रो मुस्कान नदिछेउ गोहिका खतरा अब
मोहिको बदला जब दही दिन्छु भन्छन् मान्छे यहाँ
साबधान बुझ्न जरुरी साथी जो कोहिका नखरा अब

नखानु मन यो मेरो, कुटुक्क खायौ
बिना निम्ता सपनीमा सुटुक्क आयौ
बिपनीमा थाहा छैन रातको अँधेरिमा
उध्रिएको छानो थियो, चुटुक्क छायौ

तिम्रो नबाबीपनले, दुनियाँ चकित छ
घरमा अभाबीपनले दुनियाँ रमित छ
बाहिर नैन सुत भित्र भोकै सुत जस्तो
त्यो भेदभाबीपनले, दुनियाँ थकित छ

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...