Friday, July 18, 2014

सान्दाजुको सम्झनामा

(साउन ६ गते जन्म सताब्दीको सन्दर्भमा)

दुबिधामा देशको माटो, हातमा लिनु भन्थ्यौ
देशले मागे तिम्रो माया रगतमा दिनु भन्थ्यौ

परदेश तिर तीन घुम्तिमा, बाबु आमा छोरा
सुम्निमा र नरेन्द्र दाई साथमा हिंड्नु भन्थ्यौ

जेल जर्नल पढ्नेहरु दोशी चस्मा नलगाउ अब 
हिटलर र यहूदी छन् समाजमा चिन्नु भन्थ्यौ 

मोदी आइन, श्वेत भैरबी, खोजी खोजी पढौं
नेपाली हौं पौरखी छौं झुपडीमा ज्यूनु भन्थ्यौ

राष्ट्रिय एकताको आवहान, जरूरी थियो
सदा पर्‍योभने¨सत्रु¨सँग पर्छ भिड्नु भन्थ्यौ 

पञ्चायतमा प्रजातन्त्र, छैन भन्ने सान्दाजु
समाजवादका लागि सधैं क्रान्ति छेड्नु भन्थ्यौ

कहाँ छौ बि पि तिमी यो देशले आज खोज्दैछ
एउटा घर र भैंसी, नेपाली को हुनु भन्थ्यौ 

दुबिधामा देशको माटो, हातमा लिनु भन्थ्यौ
देशले मागे तिम्रो माया रगतमा दिनु भन्थ्यौ!

जय नेपाल !
श्रीभक्त पौडेल ¨आफन्त¨

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...