देख्दैछु तिमीलाई नै रानी, मेरो कहानीमा
भेट्दैछु आज रुप कै खानी, मेरो जवानीमा
मिठो तरंगको अनुभूती यो अस्थिर छ मन
दिँदैछु लैजाउ आफ्नै ठानी, मेरो जमानीमा
पागल हुन्छु भाबुक, तिम्रो अनुपस्थिति ले
लेख्दैछु गीत सृङ्गार मानी, मेरो दिवानीमा
कथा कबितामा तिमी, अक्षरहरुमा तिमी
खोज्दैछु सानीको आनी बानी मेरो रुमानीमा
कतै बाढी कतै पैरो, बर्षाद´को आगमन
भिज्दैछु म सिमसिम पानी,मेरो बिहानीमा
दिवानी -पागलपन
No comments:
Post a Comment