Thursday, July 31, 2014

गजल मख्ख छौ है तिमी


आफ्नै रुपको तारिफमा मख्ख छौ है तिमी 
कोही सँग नबोलेरै, गमक्क छौ है तिमी
कस्तो सदाबाहार त्यो बैन्शको बगानमा 
जोवनै फुलाएर ढक´मक्क छौ है तिमी
महल की राजकुमारी सृङ्गार की देवी 
अनेकौं आभूषणले, झपक्क छौ है तिमी
साउनमा लौ जल्न थाले प्रेमका पूजारी 
मध्यान्हको धूपझै धपक्क छौ है तिमी
मै हुँँ भन्नेहरुको तिम्रोअघि बोली सुक्छ 
रापले हौ´की तापले हपक्क छौ है तिमी
आफ्नै रुपको तारिफमा मख्ख छौ है तिमी
.......................
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...