Wednesday, July 30, 2014

बहरे मुतकारिब-मुसम्मन सालिम


पहिलो प्रयास
बहरे मुतकारिब-मुसम्मन सालिम
(सुत्र: 122*4)

भुलायौनि माया तिमीले कसोरी
नबोली नबोली मनै´ले कसोरी

बुझाएर लूट्यौ बुझीनौ इशारा
जिस्काए मलाई सबैले कसोरी

जमाना खराबै भएरै त होला
छुरा´त्यो बोकेर मझैले कसोरी

जुनेली र आकाश जूवारि खेले
सुन्यौ´है मिठासी रसैले कसोरी 

लजाएर घूम्टो झुकायौ शिरै´जो
लट्ठायौ लडायौ नसैले कसोरी

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...