Wednesday, July 2, 2014

गजल बचाउँछु भन्नेले, डुबाएर गए

जलाउँछु भन्नेले बुझाएर गए 
बचाउँछु भन्नेले, डुबाएर गए

भन्नेहरुले के के पो भने हजुर
बनाउँछु भन्नेले, धुजाएर गए

नदेखाउनु थियो लुकेको घाऊ यो
सेकाउँछु भन्नेले, दुखाएर गए

ओसिएका थिए चाहनाहरु मेरा
सुकाउँछु भन्नेले,रुझाएर गए

सँगालेका चिल्लर टालेको थैलिमा
जोगाउँछु भन्नेले, फुकाएर गए

विश्वाश कसैको मान्दैन यो आफन्त 
हसाउँछु भन्नेले ,रुवाएर गए !!!

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...