Sunday, July 13, 2014

डेरा सरें fb posted

काँढा भए पनि फूल, चुम्न जान्नु पर्छ
टाढा भए पनि जून, झुम्न जान्नु पर्छ 
चन्द्रमाको दाग गुलाबको काँडा भन्छन्
औँशिको यो अन्धेरीमा घुम्न जान्नु पर्छ !!

.,.,.,.,.,.,.,.,.,.,.,.,.,
नसम्झिएको कहिले छु र तिम्रो मनमा डेरा सरें 
बन्द होस् या खुला परेली तिम्रो तनमा डेरा सरें 

जहाँजहाँ तिम्रो छाया वहिंवहिं मेरो पाइला देख्छ्यौ 
तिमी भुल्ने दाउरा घाँस त्यो, रन बनमा डेरा सरें !!!
.-.-.-.-.-.-.-.-.-.-.-.-.-.-.
किन सोच्दैछौ जिन्दगी सम्झौता भनेर यहाँ 
लिन खोज्दैछौ जिन्दगी बक्यौता गनेर यहाँ? 
कुमालेको हातको माटो,कुमालेकै चक्र हो´नी 
चिन भन्दैछौ जिन्दगी,¨भगौटा¨ ठानेर यहाँ?!

,.,.,.,.,.,.,. 
मिलिजुली खाने भए छ सय एकले 
जुनीजुनी जाने भए छ सय एकले 
नअघाउने सुँगुर मागी मात्र बस्छन्
सुतिसुती लाने भए छ सय एकले !!!

,.,.,.,.,.,,,,,,,,.,.,.,.,.,.,.,  
कोरेर गजल मेरो मायाको,संसार सजाउँछु भन्थ्यौ  
ओढेर लगन घुम्टो बिहेको रातमा लजाउँछु भन्थ्यौ   

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...