Thursday, July 31, 2014

गजल रहरमा हराए म

गजल

गजल नै गजलको शहरमा हराए म
मेहफिल जमाउने , रहरमा हराए म

सलल बगेनन् लेखिएका मेरा शब्दहरु
प्याशमा छु तैपनि यो बगरमा हराए म

मझधारमा नाऊ मेरो लिन जाउँ कसोरी
छेवै सम्म हुत्या´उने, लहरमा हराए म

नलिनु थियो यो नशा लत लागे जस्तो भयो
बेसाएं आँफैले हिजो, जहरमा हराए म

सपना बिपना गुन´गुनाउन चाहन्छ श्री
मध्य रातमा ब्युझेर प्रहरमा हराए म

कल्पनामा रमाउछु आफ्नै ब्यथा पोख्छु पनि
अज्ञानी छु गजलको बहरमा हराए म



No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...