Sunday, July 27, 2014

गजल प्रयास (१२२+२+१११२+२२=१६)

बिरानो यो मुलुकमा आए 
बिराए लौ तुजुकमा आए

कसोरी त्यो सगरमा पुग्ने
नसोची खै सनकमा आए 

नहोला जो भएर´नै छाड्ला
टिपौला झै झपकमा आए 

हराए रै अचम्म´भो आफैं
नदेखे कै लसकमा आए 

सिद्दायौ है रहर´नी आजै
मुग्लानी औ सडकमा आए

No comments:

Post a Comment

जिन्दगीको किताबबाट गाता लुटेको दिन थियो

झरीले चुट्यो मलाई छाता छुटेको दिन थियो  भाग्यले कुट्यो मलाई नाता टुटेको दिन थियो  हे दैव! दैव लागिस आङ्गनिमा चट्याङ्ग पारी  जिन्दगीको किताबब...