Sunday, July 13, 2014

तस्बिर बसेछ गजलमा

कसरी तिम्रो तस्बिर बसेछ गजलमा
सिन्दुर टिका अबिर खसेछ गजलमा

जानेर होइन सायद अन्जानमा यहाँ
नलेखिएको तक्दिर कसेछ गजलमा

बेहोशीमा सधैं श्री गुन गुनाइ रहँदा
कति गहिरो लकिर धसेछ गजलमा

भ्रमित छु आँफै हर शेरहरुमा तिमी
कसरी तिम्रो तस्बिर बसेछ गजलमा

बेहोशीमा सधैं श्री गुन गुनाइ रहँदा
कति गहिरो लकिर धसेछ गजलमा

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...