Saturday, July 26, 2014

गजल जस्तै



मानचित्र बाट, देश सांघुरिदै छ
बिर्सिएर आफ्नो भेस सांघुरिदै छ !

सगरमाथा शिर तराइ मेरो छाती
भने पनि, परिबेश सांघुरिदै छ !

देश ठेस लाग्दा दुख्नुपर्ने मुटु यो
भित्रभित्रै यहाँ ¨बेस¨ सांघुरिदै छ !

बसी बसी सतरंज खेलाउने´रु
इतिहाँस, अवशेष सांघुरिदै छ !

पूर्व बाट पश्चिम गाउँ र शहर
नेपाली मन बिशेष सांघुरिदै छ !

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...