Saturday, July 26, 2014

गजल जस्तै



मानचित्र बाट, देश सांघुरिदै छ
बिर्सिएर आफ्नो भेस सांघुरिदै छ !

सगरमाथा शिर तराइ मेरो छाती
भने पनि, परिबेश सांघुरिदै छ !

देश ठेस लाग्दा दुख्नुपर्ने मुटु यो
भित्रभित्रै यहाँ ¨बेस¨ सांघुरिदै छ !

बसी बसी सतरंज खेलाउने´रु
इतिहाँस, अवशेष सांघुरिदै छ !

पूर्व बाट पश्चिम गाउँ र शहर
नेपाली मन बिशेष सांघुरिदै छ !

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...