Thursday, July 3, 2014

गीत गजल हूलमा नआउ सानु

यिनै शब्दहरु तिमी, धुनमा सजाउ सानु
त्यही संगितमा झुमी,जूनमा रमाउ सानु

माया पाउनेछौ त्यहा,सत्कार हुनेछ जहाँ
भाब बिम्बहरु चुमी, फूलमा समाउ सानु

गीत कोर्छु तिम्रो लागि प्रित पनि चोर्छु अब
नबिर्स है मातृ भूमि, धुलमा नजाउ सानु

एक्लै हुन्नौ गोरेटोमा,साथ साथ चल्ने नै छौं
एकान्तमा घुमौं हामी, हूलमा नआउ सानु 

देख्दा जस्तो भेट्दा हुन्न सुन्दरको पछिलागि
नझुक्किय भन्दै दामी,  भूलमा नधाउ सानु 

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...