अक्षरहरुको मोती छर
अन्धकार आँफै हट्छ
थकित छन् नेपाली
पाखुरा
बन्दुक बोक्न नसिकाउ
है
धुवै धुँवामा रुमल्लिएको
छौं हामी
बारुद बोक्न नसिकाउ
है,,
फलेको ब्रिक्ष्यको हांगा
हौ तिमी,
नुंघ र नुघाउ
तर
स्वाभिमान धितो राखी
नझुकाउ है नेपाली
शिरहरु,
अनुरोध छ।
आक्रान्त बनेका छन्
गाउबेशीहरु
थकित छन् नेपाली
मनहरु
कथित राजनीतिज्ञहरु सँग
त्यसैले ¨नेता¨ होइन
अब
नायक बनाउ किशोरलाई
गुरिल्ला होइन।
अनुरोध छ।
एउटा मास्टर होइन
गुरु बन, गुरुकुलको
किन कि दुरी
बढ्दै छ,
गुरु र चेला
बिचको,,
सलामको परेड होइन
स्तुतिको प्रथाना सिकाउ।
अनुरोध छ।
दुरको सपना होइन
बर्तमानको यथार्थता औंल्याउ
ध्वंसको बिज्ञान होइन
सृजनाको सामाजिक सिकाउ
हिजो च्यातेका नैतीक
र संस्कृतका
श्लोक सिकाउ।
अनुरोध छ,,
देख्यौ सिक्यौ आज
जान्यौ पनि
तिम्रो आफ्नो क्षमता
र दक्ष्यता
एम्बुस र ग्रिनेड
होइन
तुलशिको मठ बनाउन
सिकाउ,
अनुशासनको परिधी मात्र
होइन
अधिकार र कर्तब्य
पनि सिकाउ
अनुरोध छ।
भने नि ,तिमी
गुरु हौ,,
धेरै भरोशा छन्
हाम्रा तिमी
माथि
बिद्द्वान हौ, ज्ञान
बांढ
गोर्खाली हौ, न्यायको
प्रतिमुर्ती
त्यसैले न्याय बांढ
¨मुक्ती¨लाई मुक्ति
देउ।
अनुरोध छ
नयाँ ईतिहास कोर्नुछ
तिमीले
नधोहोर्याउ माडी बेनी
खाराका
धुर्मैला ईतिहास अब
¨राता ठेली¨ मात्र
होइनन्
बेदका ऋचाहरु पढाउ,
किन कि त्यहा
छन्
हामीले खोजेका ज्ञानहरु
समाज द्रिस्टान्तहरु,,
नलगाउ आगो आफ्नै
पुस्तकहरुमा
पुर्बिय शिक्षाको बिरोध
बुर्ज्जुवाहरुको निती भन्दै,
देख्यौ नि समाज
आज,
कता जादैछ?
भोग्यौ नि दुनियाँ
हिजो
के चाहन्छ?
त्यसैले बाटो नबिराउ
ए!बिद्द्वान !
एक अनुरोध छ।
…………..
२०७१ श्राबण ३
गते शनिबार
No comments:
Post a Comment