Sunday, July 27, 2014

गजल - जिन्दगीको यात्रा मेरो

कहाँ बाट कस्ले खुंड्यो, जिन्दगीको यात्रा मेरो
सुरु नभै भुर्‍र उड्यो, जिन्दगीको यात्रा मेरो

खोलो बग्यो पसिनाको, उपलब्धी सुन्य सधैं
त्यतै खुरु खुरु गूड्यो, जिन्दगीको यात्रा मेरो

भुइँ टिप्दा पोल्टो पोख्यो, मुठी सांच्दा मानो छैन
किन होला फेरी चुंड्यो, जिन्दगीको यात्रा मेरो

सुख दु:ख वारी पारी,  भने पनि मेरा लागि
सुखको´त गाडी छुट्यो, जिन्दगीको यात्रा मेरो  

कैयौं आए कैयौं गए, जात्रा भयो सधैं¨भक्त¨
जिन्दगीले नै´हो लुट्यो, जिन्दगीको यात्रा मेरो

No comments:

Post a Comment

आखिर मौनता नै सडकमा बिगुल भए

ती जो भुल थिए हाम्रा प्रिया फूल भए  हेर्दाहेर्दै मनका बगैचाका बुल-बुल भए रंग खोज्ने बहार, सुवास रोज्ने भंवरो  जसै आज अझै यी नजर चुलबुल भए  उ...