Wednesday, July 2, 2014

गीत बन्दिपुरे उकालीमा

निलो पानी सागरको किनारामा छाल राम्रो
लर्के बैन्श जोवनको, हिंडाइमा चाल राम्रो  

लाछी डोरी भुइँ कम्मरीया छोउँ छोउँ लाग्ने
दोश हो´की उमेरको, तिम्रो जिउ डाल राम्रो

कालो गाजल परेलीमा, छड्के पोते त्यस्तै 
स्याउ बिर्सेंँ हेलम्बुको टोकुँ टोकुँ गाल राम्रो

कल्लिको छम्छमीमा खैंजडीको आवाज मिठो
बैशाखको पुर्णिमा´मा, घाँटु नाच्दा ताल राम्रो

पा´रोटीको सोली बोकी, बन्दिपुरे उकालीमा 
लर्के बैन्श जोवनको, हिंडाई मा चाल राम्रो  


पा - रक्सी

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...