Wednesday, July 23, 2014

हाम्रो सरकार

चितुवा झै दौड्नु पर्थ्यो, सानोतिनोमा अल्झ्यो सरकार
कर्तब्य नै भुल्यो क्याहो झिनोमिनोमा अल्झ्यो सरकार !

कुर्ची मोह, शक्ति मोह सत्ताको खेल´हो यो झेल रै´छ
गिद्द बने परेवा पनि, कुह्यासिनोमा अल्झ्यो सरकार !

स-सभामा निदाउँछ, रुघा खोकिमा बिदेशियो कतै
बोक्नु पर्ने खुँडा थियो भुत्तेछिनोमा अल्झ्य्यो सरकार !

सँख्या पूर्ति पद पूर्ति, गोलमेच इत्यादी मुल्तवीमा 
छातीको झल्कने कोट टल्केचिनोमा अल्झ्यो सरकार !

पुरानो घाऊ जस्तो कहिले कही बल्झिए पनि तर
यस्तो लाग्छ भित्र भित्रै छिनोफिनोमा अल्झ्यो सरकार !

No comments:

Post a Comment

gazal sent to Utsab sir

मनभरिका मृगतृष्णा, आखाभरि सपना छन्  आखिर किन जिन्दगीसंग भाग्ने चाहना छन्  निन्द्रा छैनन् मखमली बिस्तारामा आज फेरी  नदीकिनार बालुवाका ती महल ...